तीन महिनामा सवा लाख कामदार बिदेसिए

TIAकाठमाडौं, १६ कात्तिक । नेपालमा रोजगारीको प्रयाप्त अवसर नहुँदा चालु आर्थिक वर्षको तीन महिनामा १ लाख २१ हजार १० जना नेपाली कामदार रोजगारीका लागि विदेशिएका छन् ।

चालु आ.व.को साउनमा विदेशिने कामदारमा पुरुष ४३ हजार २८ जना र महिला २ हजार ९ सय ९ जना सहित ४५ हजार ३ सय ९७ जना कामदार विदेशिएका छन् । यस्तै भदौ महिनामा पुरुष २२ हजार ८ सय ३२ जना र महिला १ हजार ३ सय ४१ गरी २४ हजार २ सय १४ जना रहेका छन् भने, असोजमा पुरुष २९ हजार ७ सय १३ जना र महिला २ हजार २ सय ४६ जना गरी ३१ हजार ९ सय ५९ जना रहेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष ०६९/०७० को तुलनामा चालु आ.व.मा नेपाली कामदार विदेशिने क्रम निकै बढेको विभागले जनाएको छ । अघिल्लो आवको तीन महिनामा ९३ हजार १ सय ४० कामदार विदेशिएका थिए । अघिल्लो आवको तुलानामा चालु आ.व.मा ८ हजार नौं सय ७० कामदार बढी विदेशिएका छन् । असोज महिनामा मलेसीयामा जाने पुरुष कामदारमा सस्थागत तर्फ ११ हजार ९ सय ८१ जना र व्यक्तिगत तर्फ एक सय ५० सहित जम्मा १२ हजार १ सय ३१ रहेका छन् भने महिला कामदार सस्थांगत तर्फ ४ सय ४४ जना र व्यक्तिगत तर्फ एक सय ४७ सहित ५ सय ९१ जना रहेको विभागले जनाएको छ ।
यस्तै कामदारको अर्को आकर्षक केन्द्र रुपमा मानिदै आएको गन्तव्य मुलुक कतारमा असोज मा ८ हजार ८३ कामदार विदेशिएका छन । जसमा पुरुष सस्थांगत तर्फ ६ हजार ६ सय ४१ जना र व्यक्तिगत तर्फ एक हजार २ सय ९२ जना सहित ७ हजार ९ सय ३३ रहेको छ भने, सस्थांगत तर्फ विदेशिने महिला कामदारमा १ सय १७ र व्यक्तिगत तर्फ ३३ सहित १ सय ५० महिला कामदार कतारमा पुगेको विभागको भनाइ छ । उता संयुक्त अरब इमिरेट (यूएई) मा असोज महिनामा पुरुष कामदार सस्थांगत तर्फ २ हजार ७ सय ३४ जना र व्यक्तिगत तर्फ ६ सय ८२ जना र महिला सस्थांगत तर्फ २ सय ९५ जना र व्यक्तिगत तर्फ ८९ जना सहित ३ सय ८४ जना महिला विदेशिएका छन् । यस्तै कुवेतमा मात्र एक हजार ९ सय ५५ जना कामदार गएका छन् जसमा पुरुष कामदार एक हजार ११ जना रहेका छन् भने महिला कामदार नौ सय ४४ रहेका छन् । जसमा व्यक्तिगत तर्फ पुरुष दुइ सय १० जना सस्थांगत आठ सय १ जना रहेका छन् भने महिला सस्थांगत ४७ जना र व्यक्तिगत तर्फ आठ सय ९७ जना रहेको विभागको तथ्याङकले देखाएको छ ।
आ.व. ०६९/०७० को असोजमा भन्दा चालु आ.व.को असोज महिनामा कम कामदार विदेशीएको छ । गत आ.व.को असोज महिनामा ३८ हजार ५ जना कामदार विदेशिएका थिए भने चालु आ.व.को असोजमा ३१ हजार ९ सय ५९ विदेशिएको विभागले जनाएको छ । चालु आ.व.मा नेपाली कामदार बढि मलेसियामा पुगेका छन् । मलेशियामा बहुराष्ट्रिय कम्पनिको लगानी भित्रने क्रम बढेकाले कामदारको माग बढी आएको विभागका निर्देशक दिवस आचार्यले
जानकारी दिए ।
पूर्वाधार विकासका काम समेत दु्रतगतिमा अघि बढेकाले कामदारको संख्यामा बृद्धि आएको उनको भनाई छ ।

प्रतिक्रिया