व्यापारीको सामान पुग्न पाच महिना

मुगु : कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी सडकखण्डबाट नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरेका व्यापारीका सामान सदरमुकाम गमगढीमा पुग्न पाँच महिना लाग्ने गरेको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म ९४ किलोमिटर सडकको मर्मत संभार नहँदा मिनी ट्रक र ट्रयाक्टरबाट ढुवानी गरिएका व्यापारीका सामान पुग्न लामो समय लाग्ने गरेको हो ।
नेपाली सेनाले निर्माण गरिसकेपछि सडक विभागलाई आफ्नो काम जिम्मा लगाए पनि सडक विभागले सडकको व्यवस्थापन गर्न सकेको छैन । उक्त हमाली निर्माण सेवा जुम्ला र ताल्चादेखि गमगढीसम्मको केआर बिल्डस मुगुलाई ९४ किलोमिटर सडकको मर्मतका लागि सडक विभागले सात लाख रकम उपलब्ध गराएको भएपनि सन्तोषजनक कार्य हुन नसकेको हो ।
नियमित मर्मत नहुादा नेपालगन्ज र सुर्खेतबाट आएका मालबाहक गाढी कालिकोट जिल्लाको नाग्मा जुम्ला जिल्लाको गोठी ज्युला र मुगुको पिना गाविसको झयारी खोलाभन्दा अघि बढ्न नसकेकाले तीन दिनदेखि चार दिनसम्म लाग्ने बाटो पाँच महिना लाग्ने गरेको उद्योग बाणिज्य सङ्घ मुगुका अध्यक्ष नरबिर रावत बताए । असारमा नेपालगन्ज र सुर्खेतबाट १६ मिनी ट्रकमा ल्याएको छ सय ४० क्विन्टल सामान जुम्ला जिल्लाको सिञ्जा क्षेत्रमा थन्किएपछि अहिले आफ्नो लगानीको आधाभाग नोक्सानी भइसकेको भण्डारी जनरल स्टोरका प्रोपाइटर रबी रावत बताए । (सौस)

प्रतिक्रिया