निर्वाचन १ महिना पर सार : लेखी

काठमाडौ, कात्तिक १६ । राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले संविधानसभा निर्वाचन १ महिना पर सारेर भएपनि माओवादी सहितका दललाई सहभागी गराउनु पर्ने बताएका छन् ।

संविधान सभा निर्वाचन आउन १८ दिन मात्रै बाकी रहेको बेला लेखीले यसो भनेका छन् । शुक्रवार विज्ञप्ती जारी गर्दै अध्यक्ष लेखीले अझै पनि संविधानसभाको मिति केही पर सार्न सकिने बताए । उनले भने संविधान सभा निर्वाचन भनेको कुनै चाडपर्वको तिथि होइन जुन सार्नै मिल्दैन । त्यसैले निर्वाचन सार्न मिल्दैन भन्ने भनाईमा तुक नरहेको उनको ठम्याई छ । नेकपा– माओवादी सहितका ३३ दललाई बाहिर राखेर गरिएको निर्वाचन परिणाममुखी नहुने तर्क अध्यक्ष लेखीको छ । त्यस्तो निर्वाचनले देशमा थप द्धन्द हुन सक्ने चिन्ता लेखीले ब्यक्त गरे । लेखीले जारी गरेको विज्ञप्तीमा आगामी निर्वाचन पछि बन्ने संविधान सभाले पनि जनताको पक्षमा संविधान दिन नसक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया