कञ्चनपुरमा आठ किलो चरेसहित पक्राउ

charesधनगढी, १५ कात्तिक । कञ्चनपुर प्रहरीले करिव साढे ८ किलो चरेसहित दुईजनालाई पक्राउ गरेको छ ।

कृष्णपुर–५ स्थित गज्रौलाबाट प्रहरीले बिहीबार विशेष सुराकीका आधारमा ८ किलो ४ सय ५० ग्राम चरेस बरामद गरेको हो । चरेस सहित दुई जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली चौमाला–७ का ३० वर्षीय जगत धामी र बझाङ सैनपसेला घर भई हाल कैलालीको मालाखेतीमा बस्दै आएका गगन भनिने ४२ वर्षीय गम्भीर महता रहेको कञ्चनपुर प्रहरीका प्रवक्ता नायव उपरीक्षक विर्खबहादुर रावलले बताए ।

से १ प ५२२० नम्वरको मोटरसाइकलमा मालाखेतीबाट महेन्द्रनगर आउने क्रममा धामी र महतालाई कृष्णपुर–५, गज्रौलामा पक्राउ गरिएको थियो । धामी र महताले बिक्रीका लागि बझाङबाट चरेस खरिद गरी ल्याएको प्रहरी समक्ष बयान दिएका छन् ।

उनीहरुलाई लागूऔषध ऐन अनुसार ५ वर्ष जेल र १ लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया