निर्वाचन सफल बनाउन आग्रह

euकाठमाडौ, १५ कात्तिक । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयु ईओएम) प्रमुख पर्यवेक्षक इभा जोलीले समावेशी र हिंसामुक्त वातावरणमा आगामी संविधानसभा निर्वाचनलाई सफल र विश्वसनीय बनाउने आग्रह गरेकी छिन् । उनले समावेशी र हिंसामुक्त वातावरणमा निर्वाचन गराउन आवश्यक पर्ने सवै पहलहरुलाई जारि राख्न दल र सरकारलाई आग्रह समेत गरेकी छन् ।

नेपालको तीन दिने भ्रमणको अन्त्यमा एक वक्तव्य जारी गर्दै लोलीले निर्वाचन लोकतान्त्रीक बिकासको महत्वपुर्ण कदम भएको बताएकी छिन् । ‘यो निर्वाचन नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण कदम हो’ लीद्वारा जारि बिज्ञप्तीमा भनिएको छ ‘चुनौतीको सामना गर्न सबै सरोकारवालाहरू समावेशी र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा संलग्न हुनु आवश्यक छ ।’
भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रमुख निर्वाचन आयुक्त, कामु प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्षका साथै विभिन्न राजनीतिक दलका नेता, सञ्चारमाध्यमका प्रतिनिधि तथा निर्वाचन प्रक्रियामा संलग्न अन्य सरोकारवालाहरूसाग परामर्श गरेकि थिइन । निर्वाचनका दिन ईयु ईओएमले युरोपेली सङ्घका सबै २८ सदस्य राष्ट्रका साथै नर्वे र स्वीट्जरल्यान्डका गरी १०० भन्दा बढी पर्यवेक्षकलाई देशभर परिचालन गर्ने जनाइन ।

प्रतिक्रिया