६८ वर्षीय साहित्यकार घिमिरेको निधन

Jagadish Ghimireकाठमाडौं, १४ कात्तिक । क्यान्सर रोगबाट पीडित ६८ वर्षीय साहित्यकार जगदीश घिमिरेको निधन भएको छ ।

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचार गराई रहेका घिमिरेको आज (बिहीबार) बिहान निधन भएको परिवारजनले जनाएका छन् । साहित्याकार घिमिरेको ओम अस्पतालमा उपचार हुँदै आएको थियो ।

घिमिरेको जन्म विक्रम संवत २००२ साल चैत–२८ गते रामेछापको मन्थलीमा भएको हो ।

उनका अन्तर्मनको यात्रा, लिलाम र साविती उपन्यास, बर्दी र जगदीशका कथा संग्रहहरुलगायतका कृति बजारमा छन् ।

सहत्यिकार घिमिरेले मदन पुरस्कार समेतपाई सकेका छन् ।

प्रतिक्रिया