दाङ, १३ कात्तिक । दाङ क्षेत्र नम्वर–२ की एमालेका तर्फबाट प्रत्यक्षमा उम्मेदवार शान्ता चौधरीको जीपमा आगजनी भएको छ ।
चुनाव प्रचार–प्रसारमा प्रयोग हुँदै आएको रा १ ज ३६५ नम्वरको जीपमा अपरिचित समूहले मंगलबार राति आगजनी गरेको प्रहरीले जनाएको छ । प्रचार–प्रसार पछि चौधरीले आफ्नै घर अगाडि जीप राखेकी थिईन् ।
आगजनीबाट जीपका टायर जलेका छन् । जीपको ईञ्जिनमा समेत क्षति पुगेको छ ।
उता, धनकुटामा क्षेत्र नम्बर–२ का कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार अनन्दसन्तोषी राईको जीपमा आगजनी भएको छ ।
मे १ ज २३७ नम्बरको जीपमा अपरिचित समूहले आगो लगाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ । जीपमा मंगलबार मध्यराति आगजनी भएको हो । आगजनी गर्ने समूहको पहिचान हुन बाँकी रहेको प्रहरी भनाई छ ।
प्रतिक्रिया