मुलुकका समस्याको समाधान कांग्रेसले गर्छ

Prakash-Man-Shingकाठमाडौं, १२ कात्तिक । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक संविधानका लागि लोकतान्त्रिक शक्तिको विजय अनिवार्य रहेको दोहर्‍याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर एक अन्तर्गतको अनामनगरमा आज (मंगलबार) घरदैलो कार्यक्रममा महामन्त्री सिंहले कांग्रेसले मात्रै मुलुकका समस्या समाधान गर्ने हैसियत राख्ने बताए । विगतका अनुभवले पनि मुलुक र जनताले कांग्रेसलाई खोजी रहेको उनले दाबी गरे ।

‘अन्य वामपन्थी दलहरुले जतिनै चर्का नारा लगाए पछि कुनै समस्याको समाधान गर्न सक्दैनन्,’ उनले भने, ‘मुलुकको समस्या कांग्रेसले मात्रै समाधान गर्छ ।’

मंसिर–४ गतेको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने सिंहको भनाई छ । ‘बहुमत आएमा कांग्रेसले लोकतान्त्रिक संविधान दिन्छ,’ उनले भने, ‘मुलुकलाई पनि आर्थिक समृद्धि तर्फ लैजाने छ ।’

प्रतिक्रिया