निर्वाचन रोक्न रिट

काठमाडौं, १२ कात्तिक । मंसिर ४ को निर्वाचनमा महिलाको उम्मेदवार संख्या कानुनमा उल्लेख भएजति नभएको भन्दै संविधानसभाको निर्वाचन रोक्न सर्वोच्चमा रिट परेको छ । अन्तरिम संविधानसभा २०६३ अन्तर्गत धारा ६३ को उपधारा ५ मा महिलाको लागि गरिएको विशेष व्यवस्थालाई वेवास्ता गर्दै संविधानसभाको निर्वाचन गर्न लागिएको भन्दै राष्ट्रिय सञ्चारकर्मी मञ्चकी सदस्य एवं पत्रकार टिकादेवी भण्डारी (अस्मिता) निवेदक रहेको रिट अधिवक्ता विक्रम बहादुर कुवरले सोमबार सर्वोच्चमा दायर गरेका छन् ।

निर्वाचन आयोग र नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरिएको उक्त रिटमा उत्प्रेषण परमादेशसहित संविधानसभाको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । अन्तरिम संविधान बमोजिम एक तिहाई महिलाको उम्मेदवारी नपुर्‍याई निर्वाचन हुन लागेको रिटमा उल्लेखमा छ । आसन्न निर्वाचनमा आयोगले प्रत्यक्ष्य र समानुपातिक गरी जम्मा ६ हजार १ सय २८ उम्मेदवारमा महिलाको संख्या ६ सय ६७ मात्र रहेको र जम्मा संख्याको १०.८९ प्रतिशत हुने भएकोले अन्तरिम संविधान विपरित भएको जिकिर रिटमा गरिएको छ ।

प्रतिक्रिया