‘जातीय संकीर्णतामा भोट बटुल्नु छैन’

अछाम : नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नम्बर १ का उम्मेदवार भीम रावलले एमाओवादीले भोट बढाउन जातीय संघीयता नाराअघि सारेको र देशलाई विखण्डनतर्फ लान खाजेको आरोप लगाएका छन् । उनले एमाओवादी घोषणापत्र पढ्दा मात्रै पनि संघीयताको नाममा विखण्डनतर्फ लैजान खोजेको प्रष्ट हुने बताउँदै एमाले बहुजातीय पहिचानको पक्षमा रहेको कुरामा जोड दिए ।
रावलले संबिधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहानामा नेकपा एमाओवादी र मधेसी मोर्चाको गठबन्धनले कुठाराघात गरेको आरोप लगाए । चुनावी सभालाई सम्बोधन गर्न जिल्लाको सान्तडा पुगेका पूर्वगृहमन्त्री रावलले आसन्नमा निर्वाचनबाट संविधानको सुनिश्चिताका लागि जातीय संकीर्णताको नारा दिनेहरूको पराजय आवश्यक रहेको बताए । जनता एकताबद्ध हँुदा विखण्डनको माओवादी अभिलाषा पुरा नहुने भएपछि जनतालाई विभाजित गर्न जातीय राज्यको पक्षमा माओवादी लागेको रावलले जिकिर थियो ।  माओवादी नेतृत्वले आफ्नो स्वार्थका लागि देशलाई द्वन्द्वमा धकेलेको आरोप लगाउँदै नेता रावलले  जनताले यो निर्वाचनमा द्वन्द्वको हिसाबकिताब माग्ने बताए । अछाम जिल्लाको द्वन्द्व प्रभावित भटाकाटिया, रामारोशन, र शान्तडामा भएका चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेता रावलले माओवादी नेतृत्व देशलाई बिखण्डन गर्ने दिशा तर्फ उधत रहेको आरोपसमेत लगाए । ‘एमाओवादीले जातियताको नाराअघि सारेर भोट बटुल्न खोजेको छ’ रावलले भने ‘एमालेले अखण्ड राष्ट्रको पक्षमा छ संघीयताका नाममा देश टुक्र्याउन चाहनाले मलाई र एमालेलाई भोट नदिए हुन्छ ।’ उनले देशको सीमा व्यवस्थित गर्न जनमत संग्रह गर्नुपर्ने विचार सार्वजनिक गरेको माओवादी समग्रमा राष्ट्रघातीहरूको झुण्ड भएको बताए । कार्यक्रममा रामारोशन, भटाकाटिया र शान्तडामा भएका चुनावी कार्यक्रमा एकीकृत माओवादी, नेपाली कांग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्तासहित तीन सय जना एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया