परराष्ट्रमन्त्री र युरोपेली पर्यवेक्षक भेट

काठमाडौं : परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग संविधानसभा निवार्चनको पर्यवेक्षण गर्न युरोपेली संघको प्रतिनिधित्व गर्दै नेपाल आएका युरोपेली संसद्का सदस्य इभा जोलीले सोमवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
सङ्घले निर्वाचनको पर्यवेक्षणका लागि इभाको नेतृत्वमा टोली खटाएको छ । परराष्ट्रमन्त्री घिमिरेले टोली सँग आसन्न संविधान सभा निर्वाचन, सुरक्षा लगायतका विषयमा छलफल भएको जानकारी दिए । परराष्ट्रमन्त्री घिमिरेले संविधान सभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न गर्न संघले सहयोग गर्ने वचन दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया