आर्मी अन्तिम चारमा

armyकाठमाडौं, ११ कात्तिक । हिमालयन शेर्पालाई हराउँदै नेपाल आर्मी क्लब सफल पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । अधिकांश समय आर्मीविरुद्ध दबाब सिर्जना गरेपनि अन्नत: हिमालयनले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

अफ्रिकी खेलाडी सिगनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा राजु तामाङले गोल फर्काउदै आर्मीलाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमै उनै राजुले अर्को गोल गर्दा आर्मी २–१ ले अघि रह्यो ।
दोस्रो हाफमा हिमालयन शेर्पाले खेलमा फर्कने थुप्रै कोसिस गरे पनि सफल हुन सक्दा खेल २–१ ले गुमाएको हो ।

प्रतिक्रिया