नवप्रवेशीको विजोग

mao officeकाठमाडौं, ११ कात्तिक । एकीकृत नेकपा माओवादीमा नवप्रवेशी उम्मेदवारहरूको स्थिति अन्यको भन्दा कमजोर देखिएको छ । विभिन्न पार्टी परित्याग गरी थुप्रै नवप्रवेशीले एमाओवादीमा प्रत्यक्षतर्फ उम्मेदवारी पाए पनि उनीहरूको स्थिति भने सहज छैन । चुनावको मुखैमा जुन पार्टीले उम्मेदवार बनाउँछ, त्यहीँ पार्टी भित्रने प्रवृत्ति भएका व्यक्तिहरू सबै पार्टीमा नरहेको होइनन् । तर, यस पटकको निर्वाचनमा एमाओबादीले आश्चर्यजनक रुपमा थुप्रै नवप्रबेशीलाई उम्मेदवार बनायो । आफूले नजीते पनि प्रतिद्वन्दी दलको सांगठनीक अबस्था क्षतविक्षत बनाउने योजना सहित एमाओबादीले आफू कमजोर रहेको स्थानमा एकै पटक अन्य पार्टीबाट भित्रयाउदै उम्मेदवार बनाएको हो ।

१० वर्षे सशस्त्र युद्धमा होमिएका कार्यकर्ताबीच अवसर खोज्न चुनावको मुखमा पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाइएपछि नेता कार्यकर्ता नै उनीहरूको विपक्षमा उभिएका छन् । त्यस्ता उम्मेदवारलाई भोट माग्न पार्टी कार्यकर्तासमेत नाक खुम्च्याउने गरेको एमाओवादी नेता तथा कार्यकर्ता नै बताउँछन् । शहिद, बेपत्ता, घाइते तथा पार्टीमा महत्त्वपूर्ण योगदान दिएका नेता तथा कार्यकर्तालाई अपमान गरेर अवसर खोज्न आउनेलाई पार्टीले उठाएको भन्दै भित्रभित्रै कार्यकर्ताले असहयोग गरेको अबस्था थुप्रै जिल्लामा देखिएका छन् । पार्टी परिवर्तन गरेर जनविश्वास गुमाएको छाप जनतामा पर्नुका साथै प्रतिद्वन्द्वी कडा भएपछि एमाओवादीमा नवप्रवेशीका रूपमा टिकट पाएकाहरू धेरैको अबस्था पराजय उन्मुख रहेको बताइन्छ ।
नवप्रवेशीहरू कमजोर देखिनुमा अघिल्लो निर्वाचनका थुप्रै उम्मेदवारहरु अहिले उम्मेदवारीबाट बन्चीत रहनु तथा उनीहरूको पार्टीप्रति असहयोग पनि प्रमुख कारण रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
नेकपा एमाले पोलिटब्युरो सदस्य पद छाडेर एमाओवादी प्रवेश गरेसँगै धनुषा १ बाट उम्मेदवारीको अबसर पाएका रामचन्द्र झाको अबस्था खराब बनेको छ । । धनुषा १ मा झाका बागी उम्मेदवार श्रवण यादव र एमालेका रत्नेश्वर गोइतबीच प्रतिस्पर्धा भए पनि यादवको ब्यक्तिगत प्रभाव अन्यको भन्दा राम्रो मानिएको छ ।
तर, यादवलाई आइतबार एमाओवादीले कारबाही गरेको छ । नवप्रवेशीलाई स्थान दिएर त्याग र बलिदानी दिने सहिद, बेपत्ता तथा घाइते परिवारको अपमान गरेको भन्दै बागी उम्मेदवारी दिएका यादवलाई एमाओवादीले कारबाही गरेपछि कार्यकर्ता पार्टीप्रति असन्तुष्ट बनेका छन् । यसको परिणाम एमाओबादीका लागि प्रत्युत्पादक हुने विश्लेशकको ठहर छ ।
एमाओवादीमा कांग्रेस जिल्ला कमिटी सचिव छाडेर आएका बाबुराम ओझाले मोरङ ६ र कांग्रेसबाटै एमाओवादीमा आएका शम्भु श्रेष्ठ सर्लाही १ बाट उम्मेदवार बनेका छन् । उनले नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग प्रतिपस्पर्धा गर्नुपर्नेछ । यसैगरी, कांग्रेसबाट पार्टी प्रवेश गरेका लालबहादुर यादवले महोत्तरी २, कांग्रेसबाटै आएका सामेसिंह हैदरले महोत्तरी ५ , विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रीकबाट आएका रामआधार कापरले महोत्तरी ३ मा उम्मेदवारीको अबसर पाएका छन् । नवप्रबेशी इन्दु शर्माले महोत्तरी ४ र हैदरले निर्वाचनमा जित हात पार्ने अपेक्षा एमाओबादीको छ । तुलनातमक रुपमा यीनीहरुको अबस्था अन्य नव प्रबेशीको भन्दा राम्रो मानीन्छ । चुनावको मुखमा टिकटका लागि पार्टी परिवर्तन गर्ने प्रवृत्ति, पार्टीभित्रैबाट असहयोगले पनि उनीहरूलाई जित हासिल गर्न भने कठिन छ ।
दाहालद्वारा ठाडै श्रवण हटाइए
बागी उम्मेदवारी फिर्ता नलिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको ठाडो निर्देशनमा पार्टी केन्द्रीय सदस्य जगकुमार बरबरीया यादव (श्रवण यादव) पार्टीबाट हटाइएका छन् ।
श्रवण यादवको राम्रो पकड भएको क्षेत्र धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट प्रवेश गरेका रामचन्द्रलाई उठाएपछि उनले झाकै विरुद्धमा मनोनयन दर्ता गराएका थिए ।
मनोनयन दर्तापछि पार्टीले उनलाई उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई यादवले अस्वीकार गरेपछि पार्टीलाई चुनौती दिएको भन्दै कुनै बैठक नै नबसी अध्यक्ष दाहालले उनलाई पार्टीबाट हटाएका हुन् ।
अध्यक्ष दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा समस्याको समाधान गर्न पार्टीको तर्फबाट श्रवणलाई केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरी मनोनयन फिर्ता गर्ने सुहमति भए पनि मनोनयन फिर्ता लिनुको सट्टा अनुशासन र सहमति उल्लंघन गर्दै पार्टीलाई नै चुनौती दिने काम गरेकाले पार्टीको सम्पूर्ण जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको उल्लेख छ ।
पार्टीबाट निस्काशित यादवले भने एमाओवादीमा आफ्नो अहिलेसम्मकै त्याग तपस्या र योगदानलाई जिल्लाभरी नै समर्थन रहेका दाबी गरेका छन् । उनले आफ्नो मनोनयन फिर्ता नहुने र आफूपछि पनि नहट्ने अठोट पनि गरेका छन् ।
पार्टीले नवप्रवेशीलाई स्थान दिएर जनयुद्ध लडेका तथा पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई बेवास्ता गरेकाले आफूले उम्मेदवारी दिन बाध्य भएको यादवको भनाइ छ । पार्टीले पराजित हुने गरी नवप्रवेशीलाई उम्मेदवारमा उठायो, उसलाई कसैले पनि चाहेनन् पार्टी नहारोस् भनेर मैले मनोनयन दर्ता गराएको हँ’ु, उनले भने, ‘घुमन्ते र रैथानेमा धेरै फरक हुन्छ म कहीँपछि हट्दिन ।’
सहिद, बेपत्ता तथा घाइते परिवारहरूको प्रतिनिधित्वका लागि पनि आफूले उम्मेदवारी दिएको भन्दै यादवले घुमन्ते तथा नवप्रवेशीलाई उम्मेदवार बनाएर पार्टीले भूल गरेको समेत जिकिर गरेका छन् ।

प्रतिक्रिया