सिन्धुलीमा कांग्रेसको झण्डा च्यातियो

Congress-flagकाठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले सिन्धुली जिल्लामा एकीकृत माओवादीका कार्यकर्ताले आफ्ना प्रचार प्रसार सामाग्री लुट्नुका साथै झण्डा च्यातेको आरोप लगाएको छ ।

एमाओवादीको गैरराजनीतिक र अप्रजातान्त्रिक कृयाकलापको भत्र्सना गरेको छ । कांग्रेसले आज (आइतबार) विज्ञप्ति विज्ञप्ति जारी गरेर एमाओवादी र उस्का कार्यकर्ताबाट भएका गैर राजनीतिक कार्य तत्काल बन्द गर्न र दोषीलाई कारबाहीको माग गरेको छ ।

क्षेत्र नम्बर एकको दुधौलीमा शनिबार मध्यराति एमाओवादीका कार्यकर्ताले झण्डा च्यात्नुका साथै प्रचार सामाग्री लुटेर लगेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया