तिहार नजिकिँदै जाँदा मादल बिक्री बढ्दो

Madalइटहरी : पश्चिम संस्कृतिका कारण नेपाली सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेका बेला सुनसरीको धरानमा भने मादलको बिक्री फस्टाइ रहेको छ । लामो समयदेखि खुकुरीको व्यापार गर्दै आएका अधिकारी परिवारका सबै नै खुकुरीको व्यापारसागै मादल बिक्री पेसामा रमाउादै आएका छन् ।
धरानका मुख्य भानु चोकका पूर्वको देसी लाइनमा दसकौा अघिदेखि मादल र खुकुरीको व्यापार चलाउादै आएका यदुनाथ अधिकारीसहितका अधिकारी परिवारले तिहार नजिकिादै जाादा खुकुरीको राम्रो व्यापार हुने गरेको बताएका छन् । बाह्रसयदेखि पााच हजार रुपियाासम्मका मादल बिक्रीका लागि पसलमा राख्ने गरेको जानकारी दिादै मादल व्यापार अधिकारी परिवारका टेकनाथ अधिकारीले कहिले धेरै बिक्ने र कहिले बिक्दै नबिक्ने समस्या रहने गरेको बताए ।
मादल बिक्रीका लागि यदुनाथ अधिकारी, टेकनाथ अधिकारी, दवीन्द्र अधिकारी र लवीन्द्र अधिकारीलाई यतिखेर भ्याइनभ्याइ रहने गरेको छ । दाजुभाइ दवीन्द्र र लवीन्द्र अधिकारीका पसलमा कम्तीमा ५० देखि एक सय वटा मादल पसलमा बिक्रीका लागि राखिएका छन्, तर काका यदुनाथ अधिकारी र भतिज टेकनाथको पसलमा भने एक सय देखि दुई सय वटा मादल बिक्रीका लागि राखिएको टेकनाथ अधिकारीले बताए । पूर्वकै भोजपुरमध्ये पश्चिम नेपालमा निर्माण भएका मादल बिक्री गर्दै आएका अधिकारी परिवारले तिहार तथा विशेष चाडका समयमा मादल बिक्री हुने गरेको बताएका छन् ।
राम्रो बिक्री हुादा मादलबाट पनि राम्रो आम्दानी हुने गरेको छ । खासगरी सुनसरी र पूर्वी नेपालका विभिन्न सहर र गाउामा मादलको माग हुने गरेको पाइएको छ । (सौस)

प्रतिक्रिया