इमेज अवार्डको मनोनयन सार्वजनिक

image-awardकाठमाडौ, ९ कात्तिक । टुबोर्ग इमेज अवार्डको मनोनयन सार्वजनिक भएको छ । आउदो मंसिरमा हुने अर्वाडको १५ औं संस्करणको लागि आयोजक इमेज च्यानलले २० विधामा प्रदान गरिने अवार्डको उत्कृष्ट पााचको मनोनयन सूची सार्वजनिक गरेको हो । १ असार २०६९ देखि जेठ मसान्त २०७० सम्म प्राप्त भएका गीतसंगीत र म्युजिक भिडियोलाई अवार्डमा सहभागी गराइएको आयोजकले जनाएको छ ।

यस वर्षको उत्कृष्ट गीतिसंग्रहको मनोनयनमा जानकी पन्तको जीत, वसन्त चौधरीको लभ फरेभर, हेमन्त रानाको मेरो आकाश, रजिना रिमालको रजिना र आनन्द राई एवं उमेश सुब्बाको रङ परेको छ । सर्वात्कृष्ट गायन पुरुष विधाको मनोनयनमा मुटु सिएर…बाट विश्व नेपाली, खै जालमा…बाट प्रमोद खरेल, रोकिन लाग्यो…बाट स्वरपराज आचार्य, आजको यो सााझ…बाट उदय सोताङ र पानीको थोपा…बाट मनोज सेवा परेका छन् । त्यस्तै, सर्वात्कृष्ट गायन महिला विधाको मनोनयनमा म त अजनबी…बाट निशा देसार, पानीको फोका…बाट रजिना रिमाल, धर्म…बाट लोचन भट्टराई, भेट…बाट कुन्ती मोक्तान र कहाा कोही…बाट अन्जु पन्त परेका छन् ।
श्रेया घोसालको तिमीबाहेक…, हेमन्त रानाको सयौं जुनी…, स्वरुपराज आचार्यको रोकिन लाग्यो…,विश्व नेपालीको मुटु सिएर…र रामकृष्ण ढकालको बााचुन्जेलीलाई… वर्षको सर्वोत्कृष्ट गीतको मनोनयन सूचीमा परेका छन् । सर्वोत्कृष्ट गीत रचनाको मनोनयनमा मुटु सिएर…बाट भुपेन्द्र खड्का, बुढेसकाल…बाट देवेन गिरी, म ज्युादो…बाट होम न्यौपाने, मुग्लान…बाट किरण माइकल र मन त…बाट प्रतिमा श्रेष्ठ मनोनयन भएका छन् । वर्षको सर्वाेत्कृष्ट संगीतको मनोयनमा मुटु सिएर…बाट आनन्द राई, पानीको फोका…बाट हरि लम्साल, सिक्काको…बाट कल्याण सिंह, तिमीबाहेक…बाट न्ह्यु बज्राचार्य र आजको यो सााझबाट शान्तिराम राई सुचीमा परेका छन् ।
पप संगीततर्फ वर्षको सर्वोत्कृष्ट पप गायन पुरुष विधातर्फ सम्झना…बाट एड्रिन प्रधान, थाहा छैन…बाट अनिल सिंह, रातकी रानी…बाट हेमन्त राना, फिका…बाट नवीन के भट्टराई र तिमी नजिक…बाट सनुप पौडेल मनोनयनमा परेका छन् । पप संगीततर्फ वर्षको सर्वोत्कृष्ट पप गायन महिला विधातर्फ झुम्के बुलाकी….बाट आस्था राउत, म पग्ली…बाट मिलन अमात्य, यो बन्ध…बाट प्रशंसा श्रेष्ठ, सबै…बाट श्रुतीसिंह ठकुरी र सायद…बाट सुवानी मोक्तानले मनोनयन सुचीमा परेका छन् ।
वर्षको सर्वोत्कृष्ट चलचित्र संगीत विधामा चलचित्र बिन्दासको बाटो मोडेर…बाट शिव परियार, चलचित्र नोटबुकको गाला रातै…बाट प्रल्हाद तिमिल्सिना र मिलन अमात्य, चलचित्र मेरो जीवन साथीको जाऊा हिाड पोखरा…बाट उदित नारायण झा र संजीवनी, चलचित्र रिदमको पागलै…बाट स्वरपराज आचार्य र चलचित्र कर्कसको तारेमाम…बाट कर्मा मनोनयनमा परेका छन् ।
मनोनयनमा परेकाहरुलाई निर्णायक मण्डलको मतको आधारमा अवार्ड प्रधान गरिनेछ भने पपुलर च्वाईस अवार्ड एसएमएस मतको आधारमा प्रधान गरिने आयोजकले जनाएको छ । यस वर्ष वरिष्ठ गायक पन्नाकाजी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएका छन् ।

प्रतिक्रिया