सुदूरपश्चिममा आयोग टोली

Kailali-Newsधनगढी, ९ कात्तिक । आसन्न संविधानसभा निर्वाचनमा मानवअधिकार लगायतको अवस्था बारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोलीले शुक्रबारदेखि सुदूरपश्चिमको भ्रमण सुरु गरेको छ ।

आयोगले निर्वाचनको अवस्थाबारे बुझ्न पहिलोपटक केन्द्रीय टोली खटाई सुदूरपश्चिमबाट स्थलगत अनुगमन थालेको आयोगका सचिव तथा टोली संयोजक बेदप्रसाद भट्टराईले बताए । तीन दिनसम्म सुदूरपश्मिमा रहने टोलीले डोटी र कैलालीको स्थलगत अनुगमन गरी निर्वाचनको विविध विषयमा जानकारी लिने छ ।
शुक्रबार आयोगको स्थलगत अनुगमन टोलीले धनगढीमा निर्वाचन आयोगबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाका प्रतिनिधी, नागरिक समाज र सञ्चारकर्मी लगायतसाग भेट गर्‍यो । टोलीले चुनावमा शान्तिसुरक्षाको अवस्था, चुनावी गतिबिधी लगायतबारे अन्र्तक्रिया समेत गरेको छ ।
अन्र्तक्रिया कार्यक्रममा टोली संयोजक भट्टराईले मानवअधिकारका दृष्टिमा संविधानसभाको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थलगत अुनगमन गरी सरकारलाई सुझाव दिन आयोगले यो कार्यको थालनी गरेको बताए । उनले निर्वाचन मानवअधिकारको अभिन्न अंग भएकोले हरेक मानवअधिकारकर्मीले निर्वाचन आचारसंहिताको परिच्छेद २ मा रहेर पर्यवेक्षण गर्न मानवअधिकारकर्मीहरुलाई आग्रह गरे ।
उनले निर्वाचन बहिष्कार गर्ने अधिकार भएपनि निर्वाचनमा सहभागि हुनेहरुलाई कुनै पनि पक्षले अवरोध गर्न नपाउने बताए । यसअघिको निर्वाचनमा अनुगमन तथा शान्तिसुरक्षाको अवस्था फितलो रहेको थियो । संयोजक भट्टराईले पर्यवेक्षणमा खटिने करिब ७५ हजार पर्यवेक्षकहरु मताधिकारबाट बञ्चित रहने अवस्था रहेकोले पर्यवेक्षणमा खटिनेहरुको मताधिकारबारे सरकार र निर्वाचन आयोगसाग छलफल भइरहेको बताए । निर्वाचनमा खटिने पर्यवेक्षणहरुको सुरक्षा र केही भएमा उनीहरुको क्षतिपूर्ति तथा राहातका लागि राज्यले विशेष ध्यान दिनुपर्ने संयोजक भट्टराईको धारणा थियो ।
कार्यक्रममा सहभागिहरुले अघिल्लो निर्वाचनमा खटिएका पर्यवेक्षकहरुले पर्यवेक्षण भन्दापनि पार्टी कार्यकर्ताकारुपमा प्रस्तुत भएको आरोप लगाउँदै यसपटक पर्यवेक्षकहरुको पनि अनुगमन गर्नुपर्ने संयोजक भट्टराई समक्ष बताएका थिए ।
त्यस्तै, सहभागीले मतदानमा सहभागि हुने अपांगता भएका, बृद्धबृद्धा, गर्भवतीहरुलाई सजिलैसँग मतदान गर्ने व्यवस्था गर्न मानवअधिकार आयोगले निर्वाचन आयोगलाई घच्घच्याउन आग्रह गरेका थिए ।
पर्यवेक्षण गर्ने संस्थाहरुबीच समन्वय हुनुपर्ने र संवेदनशिल क्षेत्रको पहिचान गरी एकीकृत रुपमा जानुपर्ने कार्यक्रममा सहभागि नेपाल वार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र साउादले बताए । उनले शान्तिसुरक्षाका दृष्टिकोणले कैलाली जिल्ला अति संवेदेनशिल रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
त्यसैगरि कार्यक्रमका अर्का सहभागि इन्सेक प्रतिनिधी सुरबहादुर परियारले नेकपा–माओवादीले निर्वाचनमा खटिएकाहरुलाई अवरोध पुर्‍याउने काम गरिरहेको बताए । उनले हालै मात्र कैलालीको सहजपुरस्थित फल्टुडेमा नेपाली कााग्रेसका समर्थकले घरमा लगाएको झण्डा निकालेर फालिदिएको र एकजना शिक्षकलाई कुटपिट गरी निर्वाचनमा अवरोध गर्न खोजेको बताए ।
आयोग टोली शनिवार डोटीे र आइतबार धनगढीमा विभिन्न पक्षसंग भेट्ने छ । धनगढीमा सुदूरपश्चिम क्षेत्रीय प्रशासक, नेपाल प्रहरीका डिआइजी, नेपाली सेनाका पृतनापति तथा राजनीतिक दलका प्रतिनिधीहरुसाग छुट्टाछुट्टै छलफल गर्ने मानवअधिकार आयोगका सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशक डा. टीकाराम
पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया