माओवादीद्वारा पोख्रेलको गाडीमा आक्रमण

Shankar-Pokharelदाङ, ८ कात्तिक । नेकपा–माओवादीका कार्यकर्ताले एमाले सचिव शंकर पोख्रेल सवार जीपमा तोडफोड गरी दिएका छन् ।

गृह जिल्ला दाङको क्षेत्र नम्बर ४ मा प्रत्यक्ष तर्फका उम्मेदवार रहेका पोख्रेल सवारी बा. २ च २७३४ नम्बरको जीपलाई आज .शुक्रबार) नेकपा–माओवादीका कार्यकर्ताले तुलसीपुर नगरपालिका–५, नयाँ बसपार्कमा तोडफोड गरिदिएका हुन् । पोख्रेर सोही गाडीमा सवार भई चुनावी सभालाई सम्बोधन गर्न नयाँ बसर्पाक पुगेका थिए ।

चुनावी सभा सम्बोधन गर्न पुगे लगत्तै सचिव पोखरेल सवार जीपमा नेकपा–माओवादीका कार्यकर्ताले तोडफोड गरेको दाङका प्रहरी प्रमुख उपरीक्षक शरदकुमार खत्रीले जानकारी दिए ।

तिलक योगी नेतृत्वमा आएका करिव ५/६ जनाको समूहले जीपमा आक्रमण गरेको थियो । उनीहरुको आक्रमणबाट कार्यकर्ता चढ्ने रा. १ ज २७६ नम्वरको जीपमा पनि क्षति पुगेको छ । नेकपा–माओवादीका कार्यकर्ताले एमालेका कार्यकर्ता चढ्ने ४ मोटरसाईकलमा पनि क्षतिपुर्‍याईदिएका छन् ।

यसैबीच, प्रहरीले तोडफोडमा संलग्न नेकपा–माओवादीका तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेकुली–४ का २० बर्षीय सुरज परियार, तुलसीपुर–९ का १६ बर्षीय बद्री खड्का र तुलसीपुर–६ का १६ बर्षीय सुधीर बुढा रहेको उपरीक्षक खत्रीले बताए ।

यता, नेकपा–माओवादीका कार्यकर्ताले दाङमै निर्वाचन सम्बन्धी सामाग्री जलाई दिएका छन् । उनीहरुले गैरागाउँ र क्वाडीमा निर्वाचन कार्यालयबाट मतदाता शिक्षा दिन प्रयोग भैरहेका नमूना मतपत्रहरु जलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया