चीनियाँ प्याजबाट उपभोक्तालाई राहत

pyagजनकपुरधाम : चीनबाट आयात गरिएको प्याज बिक्री हुन थालेपछि स्थानीय उपभोक्ताले राहत पाएका छन् । दक्षिणी भारतबाट आउने प्याज महागो भएपछि चीनबाट ल्याएर बिक्रि गर्न थालिएको जनकपुर आलु प्याज व्यवसायी सङ्घका अध्यक्ष मो अलाउद्दिन राइनले बताए । उपत्यकाबाट चिनिया प्याज भित्रिन थालेपछि अहिले उपभोक्तालाई राहत भएको उनले बताए ।
भारतबाट भित्रिएको प्याज अहिले स्थानीय बजारमा प्रतिकिलो एक सय १० मा बिक्री भइरहेको छ भने चीनबाट भित्रिएको प्याज प्रतिकिलो ६० देखि ९० सम्ममा बिक्री हुने गरेको छ । जनकपुर बजारमा विगत तीन दिनदेखि उपत्यकाबाट दैनिक ५० क्विन्टल चिनियाा प्याज आउने गरेको छ । यसले गर्दा भारतीय प्याजको बिक्री ५० प्रतिशतले प्रभावित भएको छ । यो बेला प्याज भारतमै महागिएको र त्यो प्याज नेपालसम्म आइपुग्दा झन महागिएकाले चिनियाा प्याज भित्रयाउनुपरेको पेठिया बजारका प्याज व्यापारीको भनाइ रहेको छ । आ.व २०६९/०७० मा भारतबाट भिट्ठामोड नाका हुादै रु ११ करोड छ लाख ७९ हजार ३५८ मूल्य बराबरको तीन हजार ९ सय ७७ टन भारतीय प्याज नेपाल भित्रिएको क्वारेन्टाइन चेकपोष्ट भिट्ठामोडले जनाएको छ ।
नेपाल प्याजका लागि भारतसाग परनिर्भर हुादै आएको छ भने नेपालको उत्पादनले जम्मा पााच प्रतिशत मात्र माग पूरा गर्ने गरेको छ । अधिक वर्षाले उत्पादनस्थलमै प्याजको उत्पादन कम भएपछि छिमेकी मुलुक भारतमा पनि प्याजको मूल्य निकै उच्च रहेको छ । धनुषामा हालसम्म रु १५ लाख मूल्य बराबरको चिनियाा प्याज आइसकेको छ । (सौस)

प्रतिक्रिया