सहरभन्दा गाउँमा चुनावी रन्को

भैरहवा, ८ कार्तिक । मंसिर ४ जति जति नजिकिदै छ त्यति नै रुपन्देहीको शहरी क्षेत्रमा भन्दा गा्रामिण क्षेत्रमा चुनावी रन्को बढेको छ ।

दलहरुले पनि शहरमा भन्दा गाऊका जनताको घरदैलामो आफ्नो भेटघाटलाई तिब्रता दिएका छन् । यसैबीच रुपन्देही क्षेत्र नम्बर २ को ग्रामिण क्षेत्रमा पनि चुनावी रन्को बढेको देखिन्छ । ८ वटा गाविस र १ वटा नगरपालिका रहेको यस क्षेत्रमा दलहरुले गाविस लक्षित घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । क्षेत्रमा मुख्य चर्चामा रहेको नेकपा एमाले र सो पार्टिका उम्मेदवार भरत कुमार पोखरेलले विहिबार साझ सम्म बसन्तपुर र बगाह गाविस बाहेक सबै ६ गाविसमा घरदैलो अभियान सकिसकेको एमाले क्षेत्रीय निर्वाचन परिचालन संयोजक हरि अधिकारीले जनाए ।
विहिवार एमालेले मैनिहीया गाविसमा घरदैलो अभियान गरेको थियो । विगतका निर्वाचनमा एमालेको पकड गाविस समेत मानिने सो गाविसको कुट्टा, सेमरा, बहादुरटोल, गडसरी, भगदरी, मैनिहीया, अमारी च्यांटा लगायतका गाऊमा गाऊ भेला तथा भेटघाट एवं पोस्टरींग समेत गरेको एमाले मैनिहीया गाऊ कमिटी अध्यक्ष मङगुर यादवले बताए ।
एमालेको क्षेत्र नम्बर २ को विहिवारको घरदैलोमा एमाले नेतृ पुस्पान्जली उपाध्यय,निर्वाचन क्षेत्र संयोजक हरि अधिकारी, उम्मेदवार भरत कुमार पोखरेल, घनेन्द्रविक्रम पाण्डे, मुक्ति समाज केन्द्रिय सदस्य सुधिरमान सिंह विके, युवा संघ जिल्ला सदस्य मिलन दर्लामी, हिमाल वि.क.,राधा चौधरी, सन्त प्रसाद यादव, विश्वराज काफ्ले, विष्णु राना, बलराम चौधरी, राविलास जयसवाल लगायत सयौं जनाको सहभागिता रहेको थियो ।
यता क्षेत्रको अर्को मुख्य प्रतिसपर्धि ठानिएको दल एमाओवादीले पनि चिल्हीया र हाटिबनगाइ गाविस बाहेक ६ वटा गाविसमा घरदैलो अभियान समाप्त गरिसकेको पार्टिका क्षेत्रीय इन्चार्ज चोपलाल आचर्यले जनाए । विहिवार एमाओवादीले क्षेत्रको बगाह गाविसमा घरदैलो सम्पन्न गरेको छ । घरदैलोमा पार्टिका नेता हकिउल्लाह खा, पार्टिका तर्फबाट उम्मेदवार रहेका विनोद कुमार उपाध्यय, क्षेत्रिय इन्चार्ज आचार्य, क्षेत्रीय संयोजक डार्विन, राज्य समिती सदस्य उमेश खनाल, शोभाकान्त नेपाल, गोविन्द केवट लगायत सयौंको सहभागिता रहेको क्षेत्रीय पार्टि कार्यलयले जनाएको छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका दीपक बोहराले पनि गाऊस्तरिय घरदैलोलाईं तिब्रता दिएका छन् । राप्रपाले क्षेत्रको हाटि बनगाई बाहेक अरु ६ गाविसमा घरदैलो अभियान अन्तिम चरणमा पुराएको पार्टिका जिल्ला सभापति सागरप्रताप राणाले जनाए ।
राप्रपाले विहिवार क्षेत्रको बसन्तपुर र बगाह गाविसमा घरदैलो गरेको छ । घरदैलो अन्र्तगत बसन्तपुरमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यलय पनि खोलेको छ । विहिवारको घरदैलोमा पार्टिका महामन्त्रि तथा सो क्षेत्रका उम्मेदवार बोहरा, जिल्ला सभापति राणा, क्षेत्रीय सभापति चन्द्रशेखर पाण्डे, युवक संगठन जिल्ला अध्यक्ष शंकर खत्री, समानुपातिकका उम्मेदवार इस्तियाक अहमद खान र दीलिप यादव लगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेपाली कांग्रेसले पनि क्षेत्रको ८ वटै गाविसमा गाऊ भेला सम्पन्न गरिसकेको छ । कांग्रेसले विहिवार मात्रै मैनिहीया र पडसरी गाविसमा भेला सम्पन्न गरेको निर्वाचन प्रचार प्रसार समिती क्षेत्रीय सचिव शुशिल गुरुंगले बताए । विहीवारको भेलामा पार्टिका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री , क्षेत्रीय सभापति मातृका यादव, नगर सभापति सुरेन्दजंग थापा, शिव प्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो ।
अन्य मधेसवादी दलहरु मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, जनमुक्ति पार्टि, राजमो, अखण्ड पार्टि लगायत स्वतन्त्र उम्मेदवारहरुले पनि क्षेत्रको शहरी इलाका मानिएको भैरहवा बजार भन्दा ग्रामिण क्षेत्रमा नै चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको देखिन्छ ।

प्रतिक्रिया