चितवन, ८ कार्तिक । नेपाली काग्रेसका सभापति शुशिल कोइरालाले हुन लागेको संविधान सभाको निर्वाचन कसैले कसैगरी रोक्न नसक्ने बताएका छन् ।
प्रेस युनियन चितवन शाखाले गरेका पत्रकार सम्मेलनमा सभापति कोइरालाले संविधानको निर्वाचन भएको १ वर्ष भित्रै संविधान बन्ने ठोकुवासमेत गरे । उनले भने, चुनाव भएरै छाड्छ , ६ महिना भित्र खाका तयार हुन्छ , एक वर्ष भित्र संविधान आउाछ । कोइरालाले जनताको हित र देश विकासका लागि संविधान आउने भएकाले ढुक्क हुन जनतालाई आग्रह गरे ।
चितवन क्षेत्र नम्वर ४ मा उम्मेद्वार दिएका कोइरालाले चुनावको कारणले जनतामा लोकतन्त्र आएको बताए । चुनावी अभियान अन्तर्गत जनताको घरदैलो कार्यक्रममा सहभागी हुन विहीवार चितवन आएका उनले संघियलोकतन्त्र र लोकतन्त्त कार्यक्रमको लागि काग्रेश प्रदिवद्ध रहेको बताए । उनले नेपाली काग्रेसलाई अत्याधिक मतले विजयी गराई सवै जनतालाई एक जुट हुनसमेत आग्रह गरे । देश वचाउनको लागि काग्रेशको विकल्प छैन उनले भन,े ‘यो जनताले थाहा पाइसके अव तपाई सम्पुर्ण जनताले दुई तिहाई बहुमत दिने हो भने हामी जनताको संविधान बनाउछौा । नेकपा माओवादी अर्ध भुमिगत भयो भन्ने समाचार आएको छ नि भन्ने सञ्चारकर्मी को प्रश्नमा कोइरालाले लोकतन्त्रमा शान्ति पूर्ण विरोध गर्नेे अधिकार छ भन्दैमा जे मन लाग्यो त्यो गरे घातक हुने बताए । चितवनको क्षेत्र नं. ४ मा प्रत्यक्ष तर्फ उमेदवारी दिएपछि कोइराला चुनावी अभियानमा भाग लिन पहिलो पटक चितवन आएका हुन् ।
सभापति कोइराला शुक्रवार विहानैदेखि क्षेत्र नं. ४ का मतदाताहरुको घरघरमा पुगेर भोट माग्ने कार्यक्रम छ । सभापति सुशिल कोइरालाको विरुद्ध नेपाली कांग्रेस चितवनका निर्वतमान सभापति विकास कोइरालाले वागी उमेदवारी दिएपछि उनलाई पार्टीवाट निस्कासन गरिएको थियो । यसैविच पार्टीले निस्काशन गरेपछि स्वतन्त्रवाट उमेदवारी दिएका चितवन क्षेत्र नं चार का स्वतन्त्र उमेदवार बिकास कोईराला ले आफुृले चुनाव जित्ने दावी गरेका छन् । नारायणगढमा पत्रकार सम्मेलन गरि कोईरालाले घरदैलो अभियान सञ्चालन गर्दा युबाहरुको जनलहर आफनो पक्षमा रहेको बताउदै उनले उक्त दावी गरेका हुन् ।
आफुले कसैलाई चुनाव हराउनका लागि नभई चितवनको सम्रग विकासका लागि आफनो उमेद्धवारी दिएको उनको भनाई थियो । आफुले चुनावी अभियान सञ्चालन गर्दा आफना कार्यकर्ता माथि प्रमुख दलहरुबाट धाक धम्की आएको बताउदै उनले प्रमुख दलहरु पञ्चायती शैलीमा आफुमाथि जाईलागेको बताए । आफनो राजनितिक यात्रा चितवन बाट सुरु भएको बताउदै उनले आफु स्थानिय युवा भएकै कारणले चुनाव जित्ने दावी थियो । आफुले पार्टीका लागि योगदान गर्दागदै पनि पार्टीले आफुलाई गरेको अन्याय का विरुद्ध उनले उमेद्धवारी दिएको बताए । चितवन क्षेत्र नं ३ बाट टिकट पाउने चर्चा चलेपनि अन्तयमा टिकट नपाएपछि कोईरालाले स्वतन्त्र बाट उमेद्धवारी दिएका थ्रिए ।
प्रतिक्रिया