हिउँ चितुवा जोगाउन ऐतिहासिक प्रतिबद्धता

snow_leopartकाठमाडौं : काजकिस्तान र अरु ११ ओटा मध्य र दक्षिण एसियाली देशहरुका प्रतिनिधिहरुले हिउ चितुवा र त्यसको वासस्थान जोगाउन ऐतिहाासिक प्रतिवद्धता व्यक्त गरेका छन् । विश्वभरका संरक्षणकर्मी, विशेषज्ञ, दातृ निकाय र १२ देश मिलेर बुधबार बिस्केक घोषणापत्र निकालेर विश्वव्यापी हिउ चितुवा संरक्षण र जैविक विविधता संरक्षण कार्यक्रम अगाडि बढाउने जनाएका छन् ।
घोषणापत्र मार्फत् पहिलो पटक हिउा चितुवा र त्यसको वासस्थान संरक्षणको लागि सरकारी र गैरसरकारी निकायहरु एकै ठाउा उभिएका छन् । अरु प्रजाति जस्तै हिउा चितुवा पनि अवैध चोरि शिकारीको खतरामा रहेको वन्यजन्तु हो । आझ किसानले घरपालुवा जनावर मारेको बदलामा हिउ चितुवा मार्ने र अति चरनका कारण घट्दै गैरहेको यसको वासस्थानले यो झन् संकटमा पर्दै गैरहेको बताईन्छ ।
हाल संसारभर करिव सात हजार पााच सय जति हिउा चितुवा बााकि रहेको आंकलन गरिएको छ । प्रतिवद्धताको सुरुवात स्वरुप हिउा चितुवा संरक्षणको लागि २० ओटा भू–परिधी क्षेत्र तोक्ने र त्यसबाट कम्तिमा एक सय हिउा चितुवा जन्मने र सन् २०२० सम्म वयस्क भैसक्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ । यस्ता भूपरिधी तोकिएका क्षेत्रलाई दिगो विकासका लागि महत्वपूर्ण क्षेत्रका रुपमा अघि सारिने बताईएको छ । (सौस)

प्रतिक्रिया