साना : यमनमा एक जना पिताले हुनेवाला दुलाहासग सम्पर्क गर्न खोजेको भन्दै आफनी छोरीको आगो लगाएर हत्या गरेका छन् । यमनको गृह मन्त्रालयले दिएको जानकारी अनुसार ३५ बर्षिय ती पितालाई प्रहरीले ताइज प्रान्तको एक गाउबाट पक्राउ गरेको छ । ती पिताले आफनी छोरीको हत्या कहा गरे भन्ने केहि खुलाइएको छैन ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार हुनेवाला दुलाहासग बोलचाल गरेको थाहा पाएपछि आक्रोशित बनेका पिताले छोरीलाई आगो लगाइदिएका थिए । यमनका आदिवासीहरु माझ हुनेवाला दुलाहा सग विवाह अगाडी गरिने बोलचाल समेतलाई पनि उचित मानिदैन । सो घटनालाई अधिकारकर्मीहरुले संघिन अपराध ठहर गरेका छन् ।
यमनमा विगतमा पनि युवतीहरु माथी यस्ता खाले घटना हुने गरेका थिए । जुन विषयलाई अधिकारकर्मीले जोडतोडका साथ उठाइरहेका छन् । यमनमा अझै पनि बाल विवाह गर्ने र यस्ता खाले संघिन हत्या हुने गरेका छन् । मानवअधिकारवादी संस्था हयुम्यान राइट्स वाचका अनुसार यमनका महिला मध्ये आधा जनसंख्याको विवाह १८ बर्ष भन्दा अगाडी नै हुने गर्दछ ।
सो घटनाको विषयमा छानविन गर्न अधिकारीहरुले आदेश दिएको बताइएको छ । यमनमा यस्ता खाले हत्या समस्याको रुपमा रहेको छ । यमनमा आदिवासी र रुढीबादीहरुको बाहुल्यता रहेकोछ । त्यस्ता खाले हत्याका घटना विशेष गरी यमनका विकट क्षेत्रमा हुने गरेको बताइन्छ । त्यस्ता घटनामा कमी ल्याउन सरकारले आवश्यक गम्भिरता देखाउन नसकेको आरोप अधिकारकर्मीहरुले लगाउने गरेका छन् ।
अधिकारकर्मीहरुका अनुसार त्यस्ता खाले हत्याका घटना कमै मात्र बाहिर आउने गरेका छन् । उनीहरुका अनुसार त्यस्त खाले अपराधका अभियुक्तले पनि उन्मुक्ति पाउने गरेका छन् । त्यसैले पनि यमनमा त्यस्ता खाले हत्याका घटनामा कमी आउन नसकेको दावी अधिकारीकर्मीहरुको छ । (एजेन्सी)
प्रतिक्रिया