पाल्पामा जीप दुर्घटना हुँदा ४ को मृत्यु

Palpa Districtपाल्पा, ७ कात्तिक । पाल्पामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् ।
चिलाङ्गदीमा रहेको पेन्सन क्याम्पबाट जल्पा जाँदै गरेको लु १ ज १२३० नम्वरको जीप आज (बिहीबार) चिदिपानी–३, भुटुके भञ्ज्याङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गाडी चालक जल्पा–७ का ५० वर्षीय चन्द्रबहादुर वाह्रघरे, वहादुरपुर–२ का ६३ वर्षीया हुमिसरा वाह्रघरे, जल्पा–९ का २६ वर्षीया ज्ञानीसरा सारु, सोही ठाउँका ८६ वर्षीय वदलसिंह सारु रहेका छन् ।
घाइते सबैको अवस्था गम्भीर छ । उनीहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया