डा.वाग्लेको उपचारका क्रममा निधन

Chitra-Prashad-Wagle-Drकाठमाडौं, ७ कात्तिक । डा.चित्रप्रसाद वाग्लेको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि एपेन्डिक्स क्यान्सरबाट पीडित डा.वाग्लेको आज (बिहीबार) काठमाडौंमा निधन भएको हो ।
किमो दिने क्रममा डा.वाग्लेलाई अस्पताल भर्ना गरिएको थियो । लामो समय भारतमा उपचार गराएका डा.वाग्लेलाई तेस्रो मुलुक उपचार गर्न लैजाने तयारी समेत गरेको परिवारजनले जानकारी दिएका छन् ।
डा.वाग्लेका पत्नी, दुई साना छोरी र एक अपाङ्ग छोरा छन् । छोरीहरु ६ र ८ बर्षका छन् । ११ वर्षीय छोरा अपाङ्ग छन् ।
डा.वाग्ले राम्रो उपचार गर्ने चिकित्सकमा मानिन्छन् । उनी धेरै जसो ग्रामिण भेगमा बसेर सर्वसाधारणको उपचार गरेका थिए । डा.वाग्लेले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क अस्पतालमा रहेर झण्डै १२ बर्ष उपचारमा संलग्न रहेका थिए ।

प्रतिक्रिया