पुराना चर्चित गायक मन्ना डे को निधन

Manna Deyमुम्बई, ७ कात्तिक । भारतीय पुराना चर्चित गायक मन्ना डे को ९४ बर्षको उमेरमा निधन भएको छ ।
मन्ना डे लामो समयदेखि छातीको विमारीदेखि पीडित थिए । उनको उपचारकै क्रममा बिहीबार बिहान बैंगलोरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मन्ना डेले चार हजार बढी गीतमा स्वर दिएका छन् । उनले विभिन्न भाषामा समेत गीत गएका थिए ।
अंतिम समयमा मन्ना डे सँग उनकी छोरी शुमिता देव र जवाई ज्ञानरञ्जन देव साथमा थिए । मन्ना डे का दुई छोरी छन् । एक छोरी अमेरिकामा बस्ने गर्छिन् ।
मन्ना डे को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बैंगलोरस्थित रविन्द्र कलाक्षेत्रमा राखिएको छ । उनलाई भारतीय कलाकारहरुले श्रद्धाञ्जलि समेत दिएका छन् ।
मन्ना डे मुम्बईमा ५० साल भन्दा पनि बढी समय रहेका थिए । १ मई १९१९ मा कोलकाताको एक बंगाली परिवारमा जन्मेका मन्ना डेले आफ्नो करियरमा ४ हजार भन्दापनि बढी गीत गाएका छन् ।
मन्ना डेले १९४२ मा फिल्म ‘तमन्ना’का लागि स्वर दिएर आफ्नो करियर सुरु गरेका हुन् । उनले सो फिल्ममा सुरैयासँग गाएका थिए ।
मन्ना डे ले भारतमा प्रतिष्ठित दादा साहेब फाल्केलगायतका पुरस्कार समेत पाएका छन् ।

 

 

प्रतिक्रिया