म्यादीलाई एसपीको निर्देशन

Mayadi-Policeभैरहवा, ७ कात्तिक । आसन्न संविधानसभा निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई रुपेन्देहीका एसपी विक्रमसिंह थापाले इमान्दार र कर्तव्यनिष्ठ भएर निर्वाचनमा खटिन निर्देशन दिएका छन् ।

रूपन्देही प्रहरी प्रमुख थापाले रूपन्देही जिल्ला प्रहरी कार्यलयमा भर्ना भएका १ हजार २ सय ५२ जना म्यादी प्रहरीलाई प्रहरी कार्यलय भित्र निर्देशन दिदै इमान्दार र कर्तव्य निष्ठ भएर निर्वाचनमा खटिन निर्देशन दिएका हुन् ।
रुपन्देही जिल्ला प्रहरी कार्यलयमा भर्ना भएका म्यादी प्रहरीलाई पाल्पा र कपिलवस्तु खटाइएको प्रहरी निरीक्षक प्रदीप क्षत्रीले बताए । रूपन्देहीमा १ हजार २ सय ५२ जनाको माग भएकोमा ४ हजार ६ सय ९० जनाले दरखास्त दिएका थिए । सोमध्ये १ सय ७८ जना महिलाले दरखास्त दिएकोमा १ सय १४ जना म्यादी प्रहरी भएका छन् ।
रुपन्देहीमा भर्ना भएका म्यादीहरू मध्ये १ सय १७ जना पाल्पा र १ हजार १ सय ३५ जना कपिलवस्तुका लागि पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता दीपक न्यौपानेले जनाए । म्यादी प्रहरीलाई १५ दिनको प्रहरी आधरभूत तालिम, निर्वाचन सुरक्षा तालिम प्रदान गरिने छ । म्यादी प्रहरीहरूलाई प्रहरी जवानले पाउने सुविधासरह रासन, तलब तथा भत्ता सबै सुविधासमेत प्रदान गर्ने निर्णय सरकारले गरेकोछ ।
रुपन्देहीमा भने १ हजार २ सय ४८ जना म्यादी प्रहरी नवलपरासीबाट आउने भएका छन् । म्यादी प्रहरीमा पूर्वप्रहरी, सैनिक, शसस्त्र प्रहरी, भारतीय सेना तथा युवायुवतीको सहभागिता रहेको छ ।

प्रतिक्रिया