चुनावका लागि सरकारी प्रयास सकारात्मक

Rastriya-Manb-Adhikar-Aayogकाठमाडौं, ६ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले संविधानसभा निर्वाचनको अनुगमन गर्ने जनाएको छ ।
आयोगले आज (बुधबार) विज्ञप्ति जारी गरेर निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपछिको मानव अधिकार अवस्थाबारे अनुगमन गर्ने जनाएको हो । पचहत्तरै जिल्लामा आयोगका मानव अधिकार अधिकृतहरूसहितको ४४ वटा टोली यसै हप्तादेखि खटाउने जनाईएको छ ।
टोलीले मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था राजनीतिक लाभ–हानीका लागि बालबालिकाको प्रयोग राजनीतिक दलद्वारा निर्वाचनका क्रममा हुनसक्ने मानव अधिकार हनन् अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने वातावरणको सुनिश्चिततामा ध्यान दिने छ ।
आयोगले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन संविधानसभाको निर्वाचन प्रक्रियालाई निष्पक्ष, सुरक्षित र भहरहित किसिमले अघि बढाउन भइरहेको प्रयासलाई सकारात्मक भन्दै सराहना गरेको छ ।

प्रतिक्रिया