मोर्चाको निशाना शीर्ष नेताहरु विरुद्ध

Mohan-Baidhyaकाठमाडौं, ५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताहरु विरुद्ध आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको छ ।
मोर्चाको आज (मंगलबार) राजधानीमा बसेको बैठकले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु बिरुद्ध आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो । मोर्चाका नेता मणि थापाका अनुसार विशेष गरेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भण्डाफोर गर्ने निर्णय भएको छ ।
‘सबैलाई समेटेर चुनावमा जाने ढोका बन्द गरिएको छ,’ उनले भने, ‘अहिले सम्म सहमति र सहकार्यका लागि दवाव दिँदै आएका थियो । अब हाम्रो आन्दोलन प्रतिक्रियात्मक हुने छ ।’
मोर्चाले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा अवरोध पुरार्‍याउने निर्णयलाई आक्रामक रुपमा अघि बढाउने निर्णय पनि गरेको थापाले बताए ।

प्रतिक्रिया