पूर्वराज्यमन्त्री ल्हारक्याल एमाओवादीमा प्रवेश

Larkel-Lama-n-Maobadisकाठमाडौं, ५ कात्तिक । पूर्वअर्थ राज्यमन्त्री एवं एमालेका नेता ल्हारक्याल लामा एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले लामालाई सदस्यता दिएका हुन् ।
भिक्षु समेत रहेका लामा सिन्धुपाल्चोक जिल्ला हेलम्बु निवासी हुन् । दोहोरो नागरिकता र पासपोर्ट लिएको विवादमा मुछिए पछि लामा अर्थ राज्यमन्त्रीबाट हट्नु परेको थियो ।
यसैबीच, एमाओवादी अध्यक्ष दाहालले पार्टी प्रवेशको लहर चलेकाले आगामी चुनावमा बहुमत आउनेमा विश्वास बढेको बताए । देशलाई संक्रमणकालबाट पार लगाउन एमाओवादीले नेतृत्व लिनु पर्ने उनले बताए ।

प्रतिक्रिया