घोषणा पत्रमा संसदीय व्यवस्थालाई नै महत्व

Congress-flagकाठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसले आफ्नो घोषणा पत्र टुङगो लगाएको छ ।
उपसभापति एवं घोषणापत्र तयारी समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले घोषणा पत्रको टुङगो लगाएको हो । लामो समय देखि छलफल गर्दै आए पनि कांग्रेसले घोषणा पत्र टुङगो लगाउन सकेको थिएन ।
कांग्रेसले आफ्नो घोषणा पत्रमा लोकतान्त्रिक संविधान, संसदीय व्यवस्था, स्वास्थ्य, शिक्षा, रोजगारी, उर्जा, उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।
कांग्रेसले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसद तथा प्रादेशिक सभाबाट निर्वाचित आलंकारिक राष्ट्रपतिलाई घोषणा पत्रमा राखेको छ । स्वतन्त्र न्यायपालिका, बहुजातीय, बहुभाषिक तथा आर्थिक पक्षलाई समेटेर संघीय राज्य बनाउने लगायतका विषय पनि कांग्रेसले अघि सारेको छ ।

प्रतिक्रिया