काठमाडौं । नेपाल राष्ट्र बैंकले उपत्यका भित्र नया शाखा खोल्न थप कडाइ गरेको छ । केन्द्रीय बैंकले बाहिरका जिल्लाहरुमा तीन वटा शाखा स्थापना गरेपछि मात्रै उपत्यका शाखा खोल्न अनुमति दिने व्यवस्था गरेको हो । यस अघि बाहिर दुई वटा शाखा खोलेपछि राजधानीमा एउटा खोल्न पाउने व्यवस्था थियो ।
उपत्यका भित्र पनि गाविसलाई प्राथमिकता दिने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । राष्ट्र बैंकले उपत्यका बाहिरका १४ जिल्लामा कम्तिमा एक शाखा अनिवार्य हुनै पर्ने व्यवस्था गरेको छ । यस अघि १७ जिल्लामध्ये एकमा कम्तिमा एउटा शाखा हुनुपर्ने व्यवस्था छ । विगतमा नयाा शाखा स्थापना गरेर राष्ट्र बैंकलाई जानकारी दिए मात्रै पुग्नेमा विगत दुई वर्ष देखि राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्रै शाखा खोल्न पाउने व्यवस्था लागु गरिएको हो ।
मौद्रीक नीतिमा घोषणा गरे अनुसार राष्ट्र बैंकले उत्पादनमुलक कर्जाको सीमा पनि न्युनतम २० प्रतिसत कायम गरेको छ । वाणिज्य बैंकहरुले २०७२ असार मसान्तसम्ममा कुल कर्जाको न्युनतम २० प्रतिशत यो क्षेत्रमा लगानी गर्नुपर्ने छ । कृषि र उर्जा क्षेत्रमा कुल कर्जाको अनिर्वाय रुपमा १२ प्रतिशत लगानी भएको हुनुपर्ने छ । यस अघिको निर्देशनले भने २०७३ भित्रमा उत्पादनमुलक क्षेत्रमा औद्योगिक लगानीको औसत २० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । त्यस्तै, कृषि र उर्जा क्षेत्रमा कुल कर्जाको अनिवार्य रुपमा १० प्रतिशत लगानी गरे हुन्थ्यो । कृषि तथा उर्जामा १० प्रतिशतभन्दा कम लगानी भएका बैकहरुले २०७१ असार मसान्त भने यो सीमामा पुर्याउनै पर्ने व्यवस्था छ ।
राष्ट्र बैंकले बिकास बैंक र वित्तीय संस्थाहरुको लागि पनि छुट्टै व्यवस्था गरेको छ । बिकास बैंकले २०७३ असारसम्ममा यस्तो उत्पादनमुलुक क्षेत्रमा १५ प्रतिशत र वित्तीय संस्थाले १० प्रतिशत कर्जा लगानी गर्नु पर्नेछ । बैंकहरुले सिमेन्ट उद्योगहरुमा गरेको लगानी तोकिएको अवधिमा भुक्तान हुन नसके एक प्रतिशत मात्र कर्जा नोक्सानीको गर्न पाउने व्यवस्था गरेको छ । यसअघि बैंकहरुले यस्तो सुवधा जलविद्युत् परियोजना, केबुलकार र अन्य राष्ट्रिय प्राथमिकता प्राप्त योजनाहरुमा मात्र पाउाथे । तर त्यस्ता योजना निष्कृय भएको हुनु हुदैन वा सञ्चालन शुरु गर्ने क्रममा रहेको हुनुपर्छ ।
प्रतिक्रिया