काठमाडौ । आसन्न सम्बीधान सभा निर्वाचनले खेलकर्मीलाई पनि प्रभावित पारेको छ । नाम चलेका थुप्रै खेलकर्मी उम्मेदवार भएका छन् भने प्राय राजिनितीक दलका खेलकुद इन्चार्ज उम्मेदवार बनेका छन् । नेपाली काग्रेसका खेलकुद विभाग प्रमुख प्रत्यक्षमा उम्मेदवार नभए पनि समानुपातीक तर्फ उम्मेदवार भएको चर्चा छ । केही समय अघि मात्र एमाओबादीको खेलकुद इन्चार्जको जिम्मेवारी समहालेका नन्द किशोर पुन: काठमाडौ क्षेत्र नम्बर चारबाट प्रत्यक्षमा उम्मेदवार भएका छन् । एमालेका इन्जार्च कर्ण बहादुर थापा बाजुरामा उम्मेदवार छन् । एमालेकै भातृ सस्था नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल बारान क्षेत्र नम्बर ६ मा उम्मेदवार छन् । मधेसी जनअधिकार फोरम ( लोकतान्त्रीक) का खेलकुद प्रुमख गणेश लामा काभ्रे क्षेत्र नम्बर दुइमा उम्मेदवार छन् । खेलकर्मीको राम्रो उपस्थित रहेको यस पार्टीका राकेश श्रेष्ठ काठमाडौमा उम्मेदवार छन् ।
नेपाल क्रिकेट संघका अध्यक्ष एमाओबादीबाट ताप्लेजुंग दुइ नम्बर क्षेत्रमा उम्मेदवार बनेका छन् । यसैगरी भलीबल खेललाइ नया दिसा दिएका दान बहादुर तामाङ एमालेबाट चितवन क्षेत्र नम्बर पाचबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका किशोर बहादुर कार्की सर्लाही क्षेत्र नम्बर दुइबाट उम्मेदवार भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव दुवैजना यस पटकको सम्बीधान सभामा उम्मेदवार भएका छन् । अध्यक्ष ध्रुब बहादुर प्रधान राप्रपाबाट नवलपरासीमा तथा महासचिव जिवनराम श्रेष्ठ काठमाडौ क्षेत्र नम्बर आठमा उम्मेदवार भएका छन् । थुप्रै उम्मेदवार राजनितीबाट खेलकुद प्रसासनमा प्रबेश गरेका या पार्टीमा खेलकुद निकायको जिम्मेवारी सम्हालका छन् । तर खेलकर्मीबाट राजसिनतीमा प्रबेश गरेर मुलुकको खेल क्षेत्रमा प्रभाव पार्ने ब्यक्तित्व भने एमाओबादीकी धर्मशिला चापागाय हुन् । जुडोकी पूर्व राष्ट्रिय खेलाडी तथा संघ उपाध्यक्ष चापागाइ दोस्रो पटक समबीधना सभा निर्वाचनमा उम्मेदवार भएकी छिन् । यस अघि पनि झापा बाट नै सम्बीधान सभा सदस्य भएकी चापागाइ अहिले क्षेत्र नम्बर तीनमा उम्मेदवार भएकी छिन् । उनी झापामा लोकप्रीय नेताको रुपमा परिचीत छिन् । खेलकुदबाट जिम्मेवारी सम्हालेका भए पनि यसैगरी फुटबल प्रशिक्षक छिरिङ लोप्साङ एमालेबाट मनाङमा उम्मेदवार भएका छन् ।
अहिले उम्मेदवार भएका मध्य कर्ण थापा गत सम्बीधान सभामा पराजित भएका थिए । यसैगरी पुरुषोत्तम पौडेल २०४८ देखि लामो समयसम्म प्रतिनिधी सभामा सदस्य थिए । जिवन रामलाई स्थानीय निकायको निर्वाचनको अनुभब थियो ।
बैदेशीक रोजगार ब्यबसायी तामाङ दुइ बर्ष अघि देखि नेपाल भलीबल संघका अध्यक्ष छन् । अध्यक्ष भए यता उनले नेपाली भलीबललाइ नया दिसा नै दिएका छन् ।
प्रतिक्रिया