काठमाडौं : राष्ट्रपति डा.रामवरण यादवले दशैंको टीका सर्वसाधारणलाई लगाइ दिनका लागि कार्यक्रम सार्वजनिक गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर टीकाको कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रपतिले प्रत्येक बर्ष सर्वसाधारणलाई दशैंको टीका लगाई दिँदै आएका छन् । कार्यक्रम अनुसार दसैँ टीकाका लागि २८ असोज सोमबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म शीतल निवासको ढोका खुल्ला गरिने छ । (सौस)
प्रतिक्रिया