यस पटक एमाओवादीको बहुमत अनिवार्य

Amik-Sherchanचितवन, २४ असोज । एकीकृत माओवादीका नेता अमिक शेरचनले संविधानसभाको निर्वाचनमा आफूहरुको बहुमत आउनु पर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आज (बिहीबार) चितवनमा आयोजना गरेको कार्यक्रममा शेरचनले यसपटक पनि एमाओवादीको बहुमत नआए नयाँ संविधान जारी गर्न नसकिने बताए । ‘यस पटक एमाओवादीको बहुमत आउनु पर्छ,’ उनले भने, ‘हाम्रो बहुमत आएन भने दोस्रो संविधानसभाबाट पनि नयाँ संविधान बन्दैन ।’
एमाओवादीका नेता नारायण दाहालले मुलुकमा राजनीतिक संस्कार संस्थागत हुन आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरता पछि मात्र देशको विकास सम्भव हुने बताए ।
एमाओवादीका नेता चित्रबहादुर श्रेष्ठले जातीय अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए । उनले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाट नयाँ संविधान जारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया