एमाले बाराका उम्मेदवार आलमको मृत्यू

Mahammud Aalamकाठमाडौं, २४ असोज । अज्ञात समूहको गोली लागेर गम्भीर घाइते एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार मोहम्मुद आलमको उपचारका क्रममा मृत्यू भएको छ ।
त्रिभूवन विश्विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गम्भीर अवस्थामा उपचार गराई रहेका आलमलाई आज (बिहीबार) मृत्त घोषित गरिएको हो । गोली लागेर गम्भीर घाइते आलमको महाराजगञ्जमा उपचार हुँदै आएको थियो ।
आलमलाई मोटरसाईकलमा आएका दुई जनाको अपरिचित समूहले असोज–१८ गते बाराको परवानीपुर गाविस चसावती मिल नजिकै गोली प्रहार गरेको थियो ।
एमाले केन्द्रीय सदस्य रहेका आलम सोही पार्टी निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष पनि थिए ।

प्रतिक्रिया