लोकतान्त्रिक शक्तिले मात्रै संविधान बनाउँछ

Sushil Koirala 4चितवन, २४ असोज । कांग्रेसका सभापति सुशील कोइरालाले प्रजातान्त्रिक शक्तिले मुलुकको नेतृत्व लिएमात्रै लोकतान्त्रिक संविधान बन्नसक्ने बताएका छन् ।
चितवनमा आज (बिहीबार) पत्रकारसँग कुरागर्दै कोइरालाले कांग्रेसले बहुमतल्याए लोकतान्त्रिक नयाँ संविधान जारी गर्ने बताए । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसको नेतृत्वदायी उपस्थिति हुन नसक्दा संविधान बन्न नसकेको उनले बताए ।
‘कांग्रेस अल्पमतमा रहेकै कारण संविधानसभा विघठन भएको हो,’ उनले भने, ‘यस पटक कांग्रेसले बहुमत पाएमा नयाँ संविधान बनाउँछौं ।’
नेपाली जनता कांग्रेसको पक्षमा भएको बताएका उनले लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि आफूहरुले जित हासिल गर्ने बताए ।
सभापति कोइरालाले नेता शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको बताए । ‘शेरबहादुर जीसँग मेरो कुनै मतभेद छैन,’ उनले भने, ‘टिकट वितरणले नै हामीबीच मतभेद छैन भनेर पुष्टि गरेको छ ।’

प्रतिक्रिया