६० सेकेन्डका सर्ट फिल्मको फेस्टिभल हुने

60-second-short-festivalएक दशकदेखि अधिकारका लागि संचार अभियानअन्तर्गत क्रियाशील सञ्चार संस्था इन्टरफेस नेपालले यस बर्षदेखि ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ । आफू वरपरका कुनै पनि समसमायिक विषयहरूमा आफुसंग भएको जस्तोसुकै प्रविधि (मोबाइल तथा क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) प्रयोग गरि बनाइएका फिल्महरू फेस्टिभलमा पठाउन सकिने इन्टरफेसले जनाएको छ । आयोजकका अनुसार प्राविधिक पक्षलाई भन्दा विषयको गाम्भीर्यता र व्यक्तिको सिर्जनशीलतालाई जोड दिईने छ ।
फेस्टिभलमा बढीमा ६० सेकेन्ड समयावधि भएका फिल्म १० मंसिर २०७० (२५ नोभेम्बर, २०१३) भित्र पठाउन सकिने छ । सहभागीहरूलाई निर्वाचन, शान्ति, लोकतन्त्र, वातावरण, पानी, पर्यावरण, द्धन्द्ध, सहिष्णुता, सहनशीलता, भ्रष्टाचार, लोडसेडिङ, चाडपर्ब, संस्कृति, हाास्यब्यङग्य, फिक्सन, मानवअधिकार, महिला तथा बालबालिकाका बिषयमा बनाएका फिल्महरू मेलामा सहभागि गराईनेछन् । विशेष गरि देश तथा समाजले भोगिरहेका समस्या तथा मुद्धाहरूमा केन्द्रीत भई बनाएका फिल्म पठाउन आयोजकले आग्रह गरेको छ । फेस्टिभलमा विदेशमा बस्ने नेपाली तथा नेपालमा बस्ने विदेशी जो कोही पनि सहभागी हुन सक्नेछन् । फेस्टिभलले सिर्जनशील युवाहरूको क्षमता र आत्मविश्वास बढाउन, जनचेतना फैलाई शान्ति र मेलमिलाप कायम गर्न, समाजमा सद्भाव कायम गर्न, सामाजिक परिवर्तनका लागि आवाज उठाउन, सामाजिक मुद्धाहरू प्रतिको ज्ञान र बुझाई बढाउन, युवाहरूमा निहित फिल्म सम्बन्धी ज्ञान तथा सीप देखाउन सहयोग पुग्ने आयोजकले आशा गरेको छ । अनलाइन भोटिङ र निर्णायक मण्डलको सिफारिसका आधारमा उत्कृष्ट ३ फिल्मलाई नगद पुरस्कार र अन्य केहीलाई प्रोत्साहन पुरस्कार सहित सम्मान गरिने इन्टरफेसले जनाएको छ । (सौस)

प्रतिक्रिया