उम्मेदवारी फिर्ता नलिए कारबाही : माओवादी

maobadiपाल्पा, २३ असोज । नेकपा–माओवादीले पाल्पाका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कार्तिक–१ गते सम्म उम्मेदवारी फिर्ता नलिए जुनसुकै कारबाही गरिने पत्रमा चेतावनी छ ।
नेकपा–माओवादी पाल्पाका इन्चार्जन धिरज राना र सेक्रेटरी नेवलकिशोर घर्तीले पत्र पठाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उनीहरुले जिल्लामा रहेका सबै दलका उम्मेदवारलाई पत्र बुझाएका छन् । कार्तिक–१ गतेसम्म उम्मेदारी फिर्ता लिन पत्रमा चेतावनी दिईएको छ ।
उम्मेदवारी फिर्ता नलिए जुनसुकै स्तरको कार्वाही गर्ने पत्रमा धम्की दिईएको छ । ‘चुनाव रुपी यो राष्ट्रघाति र जनघाति सिक्किमीकरणको राजनीतिक प्रक्रियामा जानेर वा अन्जानमा सक्रिय सहभागी हुने उम्मेदवारलाई हाम्रो पार्टी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछ,’ पत्रमा भनिएको छ, ‘कार्तिक–१ गते भित्रमा आफ्नो उम्मेदवारी फिर्ता नलिए जुनसुकै स्तरको कार्वाही गरिने छ ।’
नेकपा–माओवादीको सो पत्र पछि पाल्पा जिल्लामा रहेका उम्मेदवारहरु त्रसित भएका छन् । उनीहरुले शान्ति सुरक्षाको माग पनि गरेका छन् ।

प्रतिक्रिया