एकतर्फी कार्यसमिति अवैधानिक : तामाङ

Balbahadur-Tamangकाठमाडौं,२३ असोज । वैदेशिक रोजगार व्याबासयी संघका अध्यक्ष बलबहादुर तामाङलाई हटाउन भन्दै अध्यक्षको विरुद्धमा उत्रेका हंसराज वाग्ले समुहका व्याबसायीले एक तर्फि रुपमा निर्वाचन गरेको कार्य समिति अवैधानीक भएको अध्यक्ष तामाङले बताए ।

तामाङको कार्यसमितिलाई हटाउन भन्दै वाग्ले समुहले ६ सय एक जनाको हस्ताक्षर संकलन गरेकोमा १ सय ५८ हस्ताक्षर नक्कली रहेको संघका सल्लाहकार टंक राउतले जनाए । संघका सल्लाहकार राउतले भने,‘व्याबसायीको हस्ताक्षर भनेर श्रम प्रतिनिधि,विदेशमा गएका व्याबसायीको हकमा उनीहरुका कामदार र कतिपय हस्ताक्षर नक्कली पाएका छौं । ’ उनका अनुसार ६ सय एक हस्ताक्षरमा ५५ जना व्याबसायीले आफनो हस्ताक्षर फिर्ता लिइसकेका छन । फिर्ता बुझाएका समेत गरी कुल हस्ताक्षर ५ सय ४६ हुन्छ । यो कार्यसमिति हटाउनका लागि ५ सय ६७ जना व्याबसायीको समर्थन चाहिन्छ । त्यसमा ५ सय ५१ को मात्र हस्ताक्षर छ राउतले भने,‘ कतिपय व्याबसायीलाई हस्ताक्षर लिदाँ श्रम विभागको काममा ढिलाई भएको छ हामीले कामलाई छिटो छरितो बनाउनका लागि भन्दै हस्ताक्षर संकलन गरेका रहेछन । त्यसमा उनीहरुले तिव्र असन्तुष्टि जनाएका छन । उनका अनुसार संघको विधानको दफा (२६) च बमोजीम संघको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावको ७५ प्रतिशत हस्ताक्षर भएमा अध्यक्षले पदत्याग गर्ने भनिएको छ । त्यसैले यो कार्यसमिति क्रियाशिल रहदा कुनै अवैधानीक हुदैंन ।
संघका अध्यक्ष तामाङले संघमा वाग्ले समुहका व्याबसायीले आफुुु कार्यलयमा नभएको समयमा गुण्डगर्दी शैलिमा कार्यालयमा आएर संघका सल्लाहकार सोमलाल बटाजु, र संघका सदस्य तुलसी प्रसाद काप्रीले संघको नाम, लेटरप्याड, छापको दुरुपयोग गरेको आरोप लगाए ।
उता अध्यक्ष तामाङको नेतृत्वमा रहको कार्यसमितिलाई चुनौती दिदैं वाग्ले समुहले तामाङको कार्य समिति विघटन भएको भन्दै वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेता पनि त्यसले कुनै वैधानीकता नपाउने अध्यक्ष तामाङको अभिव्यक्ति पछि संघमा विवद झनै चुलिदै गएको छ ।

प्रतिक्रिया