ब्राह्मण समाजको आह्वान

काठमाडौं : ब्राह्मण समाज नेपालले भावी संविधानका लागि सुझाव माग गरेको छ । दास्रो संविधानसभामा संविधानको मस्यौदा बुझाउने भन्दै समाजले सुझाव माग गरेको हो । समाजले काठमाडौं जिल्ला समितिका सचिव महेन्द्रप्रकाश सिवाकोटीको संयोजकमा समिति गठन गरी संविधानको मस्यौदा तयार पार्न लागेको हो । सबैको सुझाव र सल्लाहअनुसार मस्यौदा तयार पारी संविधानसभामा पेस गर्ने उद्देश्यले सुझाव माग गरिएको समाजले विज्ञप्तिमार्फत जनाएको छ । समाजले देशको शासकीय स्वरूप, संघीय स्वरूप, राष्ट्रिय एकतालाई बलियो बनाउने आधार, जनमतसंग्रह गर्ने आधारलगायत विषयमा सुझाव दिन आह्वान गरेको छ । (सौस)

प्रतिक्रिया