चिनिया टोली काठमाडौंमा

काठमाडौं : चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिकी उपाध्यक्ष एवम् शान्ति र नि:शस्त्रीकरणका लागि चिनिया जनसंगठनकी उपाध्यक्ष यान जुन्की काठमाडौं आइपुगेकी छन् ।

यान १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको पााचदिने भ्रमणका क्रममा मंगलबार अपराह्न काठमार्डौ आइपुगेकी हुन् । उनले राष्ट्रपति डा रामवरण यादव र परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसाग बेग्लाबेग्लै भेटी पारस्परिक हित र साझा चासोका विविधि विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चिनियाा टोलीले राजधानीमा नागरिक समाजसाग छलफल गर्नुका साथै भक्तपुर दरबार क्षेत्र, पोखरा र लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम पनि छ । (सौस)

प्रतिक्रिया