डेंगु ज्वरोमा नियन्त्रण

भद्रपुर : झपाको पूर्वीसीमावर्ती मेचीनगरपालिकामा डेंगु ज्वरो क्रमिक रूपमा नियन्त्रणमा आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । केही दिनदेखि कुनै नयाँ रोगी फेला नपरेका कारण डेंगु ज्वर नियन्त्रणमा आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । नगरपालिका क्षेत्र उक्त रोगबाट बढी प्रभावित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयका प्राविधिक टोलीले रोगबाट जोगिने सम्बन्धमा व्यापक रूपमा जानकारी गराएपछि रोग नियन्त्रणमा आउन थालेको हो । दुई महिनाको अवधिमा झापामा ३२ जना डेंगु ज्वरोबाट संक्रमित भएकामा नगरपालिकाका मात्र २७ जना बिरामी भएका हुन् । एडिस एजिप्टाइ जातको लामखुट्टेको संक्रमित पोथीको टोकाइबाट सो रोग लाग्ने गर्दछ । खासगरी दिउँसो ती जातको लामखुट्टेले टोक्ने गर्छन् । (सौस)

प्रतिक्रिया