१७६ ले उम्मेदवारी फिर्ता लिए

elecation commition 1काठमाडौं, २३ असोज । ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १ सय ७६ जनाले आ–आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले नाम फिर्ता लिन चाहनेका लागि तोकेको २२ असोजको मितिमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । आयोगका प्रवक्ता वीरबहादुर राईले पूर्वाञ्चलबाट ३०, मध्यमाञ्चलबाट ८०, पश्चिमाञ्चलबाट २०, मध्यपश्चिमाञ्चलबाट ३० र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट १६ जनाले आआफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
प्रत्यक्षतर्फ ६ हजार ३ सय ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने आयोगले जनाएको छ ।
कोइरालाको बागी कायमै
आगामी संविधानसभा चुनावका लागि उम्मेदवारी दिएका चितवनका ६ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी खडा भएका विकास कोइराला भने उम्मेदवारी फिर्ता नलिने अडानमा छन् । विकास कोइरालाले क्षेत्र ३ बाट चाहि बागी उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया