बहिष्कार गरेका दललाई मतदान गर्न भन्छौं

Nilkantha-Upretiचितवन, २२ असोज । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दोस्रो संविधानसभा बहिस्कार गरेका दलहरुलाई मतदान प्रक्रियामा सहभागी हुन पत्राचारको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
‘हामीले बहिस्कारमा रहेका दलहरुलाई मतदानमा सहभागी हुन पटक अपील गरेका छौं,’ उनले भने, ‘अब हामीले पत्र नै काटेर मतदानमा सहभागी भन्छौं ।’
चितवनको भरतपुर विमानस्थलमा आज (मंगलबार) भएको पत्रकार सम्मेलनमा उप्रेतीले दलको नाममा भाग नलिनेहरुलाई पनि मतदान प्रक्रियामा सहभागी गराउन आयोग र सरकार लागि परेको बताए ।
उनले मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने सम्पूर्ण नेपालीको अधिकार सुरक्षित रहेको बताए ।

प्रतिक्रिया