दल र उम्मेदवारलाई भोजभतेरमा रोक

Elecatation-Commisionकाठमाडौं, २२ असोज । निर्वाचन आयोगले आचार संहितालाई असर पर्ने गरेर दशैँ, तिहार, छठलगायतका पर्वमा कुनै पनि प्रकारको भोजभतेर गर्न नगर्न निर्देशन दिएको छ ।
आयोगले आज (मंगलबार) विज्ञप्ति जारी गरेर निर्वाचन प्रचार–प्रसारको सिलसिलामा दशैँ, तिहार, छठलगायतका पर्वमा राजनीतिक दल वा सम्बन्धित पक्षले जलपान, भोजभतेर नगर्न निर्देशन दिएको हो । ‘दल वा उम्मेदवार तथा सरोकारवालाले जलपान, भोजभतेर लगायतका कार्य नगर्नु,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले झण्डा वा निर्वाचन चिन्ह छापिएको टोपी, टिसर्ट, कमिजे, झोला, कलमलगायतमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया