बस्नेत मलेशियाका लागि राजदूतमा नियुक्त

Maleshiya Ko Rajdut Niuktaकाठमाडौं, २२ असोज । राष्ट्रपति डा.रामवरण यादवले निरञ्जनमान सिंह बस्नेतलाई मलेशियाका लागि राजदूतमा नियुक्त गरेका छन् ।
सरकारले गरेको सिफारिसका आधारमा डा.यादवले बस्नेतलाई आज (मंगलबार) राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार अन्तरिम संविधानको धारा १ सय ५० बमोजिम राजदूत नियुक्त गरिएको हो ।
मलेशियामा नेपाली राजदूत रिक्त थियो । राजदूत नियुक्तिलाई लिएर दवाव भईरहेको थियो ।

प्रतिक्रिया