प्रचारमा मधुमास

Madhumasकाठमाडौं : सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘मधुमास’ युनिट आक्रामक प्रचारप्रसारमा जुटेको छ । गीत र प्रोमोबाट आएको सकारात्मक प्रतिक्रियाबाट हौसिएको फिल्म युनिटले प्रमोसनलाई तीव्रता दिएको हो । फेसबुक, ट्विटरजस्ता सोसल मिडियाबाट मात्र होइन्, विभिन्न फिल्मी तथा कल्चरल इभेन्टमा पनि ‘मधुमास’का सदस्यको उपस्थिति देखिन थालेको छ । तर, चलचित्रका मुख्य नायक आर्यन सिग्देल भने कुनै इभेन्टमा पनि सहभागी भएका छैनन् ।
निर्देशक सुर्दशन थापा, निर्माता बाबुराम दाहाल, नायक मनोज आरसी र दुई अभिनेत्री पूर्जा शर्मा र सिवाङगीनी राणा मात्र प्रमोशनमा खटिरहेका छन्  । फिल्म युनिटसँग कुनै मनमुटाव भएरभन्दा पनि आर्यन आफ्नो होम प्रडक्सनको चलचित्र ‘नोभेम्बर रेन’को सुटिङमा व्यस्त भएकाले ‘मधुमास’को प्रमोसनमा सहभागी नभएको बताइएको छ । चलचित्रको ८ कात्तिकमा रिलिज डेट फिक्स गरिएको छ ।
आर्यन नभए पनि निर्देशक थापा र निर्माता दाहाल अन्य कलाकार लिएर प्रमोसनमा लागिरहेका छन् ।  गत शुक्रबार प्राविधिक संघले गरेको कार्यक्रममा ‘मधुमास’ युनिट पुगेको थियो । कायक्रममा निर्देशक थापाले फिल्मबारे जानकारी गराएका थिए । गत शनिबार पनि मधुमास युनिट सिभिल मल पुगेको थियो जहाँ अभिनेत्री पूजा शर्माले रक गीत गाएर चर्चा बटुलेकी थिइन्  । उनले अनिल सिंहसँग रेकर्ड गराएको गीत ‘अमर प्रेम कथा’मा गाएर आफू नायिका मात्र नभई गायिका पनि भएको प्रमाणित गरेकी थिइन् । कार्यक्रममा निर्देशक, निर्माता र अन्य कलाकार सहभागी थिए । (सौस)

प्रतिक्रिया