होस्टलले साट्यो खुसी

Hostel Nepali Movieकाठमाडौं : एक समय चलचित्र सफलताको पार्टी दैनिक जस्तो हुने गर्दथ्यो । तर, पछिल्लो समय चलचित्रको सफलताको पार्टी कमै देख्न पाइन्छ । अझ भन्नुपर्दा लुटले दिएको पार्टी पछाडी चलचित्रका कुनै पनि सफलताको पार्टी
भएका छैनन् ।
आइतबार चलचित्र होस्टल सफल प्रर्दशन गरेको उपलक्षमा  तथा विजयादशमीको अवसर पारेर खुसी साट्ने पार्टीको आयोजना गरेको छ । कार्यक्रममा चलचित्र क्षेत्रका केही हस्तीहरूको उपस्थिति थियो ।
अभिनेता भुवन केसी, टीका पहाडीलगायतका कलाकर्मीको उपस्थिति थियो । अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, सिंचना थापा आदी चलचित्र अभिनय गरेका कलाकार कार्यक्रमका मुख्य आर्कषण बनेका थिए ।
कार्यक्रममा निर्माता रावलले श्रीमती तथा दुगिर्स फिल्मस्की प्रस्तुतकर्तासमेत रहेकी दुगिर्स रावललाई हार उपहार दिएका थिए । कार्यक्रमा निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र निर्माण युनिटलाई बदाइ दिँदै अझ अर्का सफल चलचित्र निर्माण गर्न शुभकामना दिए । (सौस)

प्रतिक्रिया