लिटिल मिस वल्र्डको टिन प्रिन्सेज् विपना अधिकारी

Bipana-Adhikariधाडिङ : धाडिङकी १४ वर्षीय विपना अधिकारीले टर्कीको अन्टालियामा सम्पन्न १३औँ लिटिल मिस वल्र्डको टिन प्रिन्सेज् वल्र्ड विधामा पाँचाँै स्थान प्राप्त गरी ट्रफी र क्राउनका साथ उपाधि जित्न सफल भएकी छिन् ।
गत वर्ष विपाश्वी पौडेल र सुप्रिया मास्केले क्रमश: टर्कीमा लिटिल मिस वल्र्ड २०११ र टिन मिस वल्र्ड २०१२ को ताज पहिरिएर विश्वमा नेपालको गौरब बढाएकी थिइन् ।
विपना अधिकारीले नेप्लिज काउन्सिलबाट गत २५ भदौमा तेस्रो लिटिल मिस वल्र्ड नेपाल २०१३ प्रतिस्पर्धामा नेपाल भरीको २६ स्कुलका ४६ प्रतियोगिहरूलाई उछिनि उपाधि जित्न सफल भएकी थिइन् । सफलतापछि लिटिल मिस वल्र्डमा भाग लिन विपना आफ्नो बुबा केशवराज अधिकारी र आमा ललिता तामाङसँगै  टर्की गएकी थिइन् । विपनाले टर्कीमा सम्पन्न १३औँ संस्करणको लिटिल मिस वल्र्डका प्रतियोगितामा २० वटा विभिन्न देशको ३८ प्रतिस्पर्धीलाई पछि पारेर टिन प्रिन्सेज् वल्र्डको पाँचाँै स्थान प्राप्त गर्न सफल भएकी थिइन् । उनले देशको गौरव बढाउने कार्यलाई निरन्तरता दिएको नेप्लिज काउन्सिलका कार्यकारिणी निर्देशक तथा लिटिल मिस वल्र्ड, फेसन सेन्टर युरोपका लागि नेपालको राष्ट्रिय निर्देशक दीपेन्द्र रत्न शाक्यले बताए । उक्त प्रतियोगितामा तुरस्तानका इलिजाभेता सुलेमानोभाले लिटिल मिस वल्र्ड २०१३ को शीर्ष उपाधि र बुल्गेरियाकी रलित्सा ह्रिस्तोभाले टिन मिस वल्र्ड २०१३ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । अत्य विधाको उपाधिमा रसियाले मिनी मिस वल्र्ड र युक्रेनले इको वल्डको उपाधि प्राप्त गरेका छन् ।
साथै विपनाले राष्ट्रिय पोषाकको साथै नेपालको झण्डा फहराउँदै उक्त कार्यक्रमको ड्रेस प्रतियोगितामा सेतो रंगको पहिरणमा नेपाली कला, संस्कृति, राष्ट्रियता एवं प्राकृतिक सुन्दरता झल्काउने पहिरण प्रस्तुत गरेकी थिइन् । (सौस)

प्रतिक्रिया